गुणस्तरीय शिक्षाका लागि सामूहिक प्रयत्न जरुरी छ : उपप्रधानमन्त्री सिंह

डिसी नेपाल
२५ असार २०८२ १६:५८

काठमाडौं । उपप्रधानमन्त्री एवं सहरी विकास मन्त्री प्रकाशमान सिंहले गुणस्तरीय शिक्षाका लागि शिक्षक, विद्यार्थी, अभिभावक र समुदायको सामूहिक प्रयत्न आवश्यक पर्ने बताएका छन्।

नेपाल पब्लिक क्याम्पस संघको ३५औं वार्षिकोत्सव, सम्मान कार्यक्रम तथा काठमाडौं जिल्ला अधिवेशन कार्यक्रममा सम्बोधन गर्दै उनले सामूहिक प्रयत्न विना गुणस्तरीय शिक्षको नारा नारामै सीमित हुने बताए।

‘क्याम्पस खुलेर मात्र हुँदैन। गुणस्तरीय शिक्षाका लागि सामूहिक प्रयत्न आवश्यक छ। क्याम्पस परिवार, विद्यार्थी, अभिभावकसहित सबैको भूमिकाबाट मात्रै गुणस्तरीय शिक्षाको नारा पूरा हुनसक्छ,’ उपप्रधानमन्त्री सिंहले भने, ‘शिक्षा क्षेत्रमा विगतमा भन्दा धेरै कुरा भएका छन्। यसलाई अझ प्रभावकारी र गुणस्तरिय बनाउनुपर्छ। त्यसका लागि साझा प्रयत्न आवश्यक छ।’

पब्लिक क्याम्पसले उच्च शिक्षाको क्षेत्रमा गरिररहेको काम प्रशंसनीय रहेको उनले बताए। समुदायको आवश्यक्ता र जनचाहनाअनुसार अनुसार पब्लिक क्याम्पसले शिक्षा दिनुपर्नेमा उनले जोड दिए।

उनले जादूको छडी कसैसँग नहुने भन्दै शिक्षा क्षेत्रमाजस्तै समाजका धेरै क्षेत्रमा सुधारका लागि सरकारले प्रयास गरिररहेको र त्यसमा आम नागरिकको साथ आवश्यक रहेको बताए।

कार्यक्रममा नेपाली कांग्रेस शिक्षा विभाग प्रमुख नैनसिंह महर, एमाले शिक्षा विभाग प्रमुख पार्वती रावल, प्रतिपिनधिसभा शिक्षा समिति सभापति अम्मरबहादुर थापालगायतले शहरदेखि ग्रामिण भेगसम्म रहेर विद्यार्थीहरुलाई शिक्षा दिइरहेको भन्दै पब्लिक क्याम्पसको नेपालको उच्च शिक्षाको क्षेत्रमा ठुलो योगदान रहेको बताए। कार्यक्रममा पब्लिक क्याम्पसबाट उत्कृष्ट अंक ल्याउने छात्रछात्रा र क्याम्पसलाई सम्मान गरिएको थियो। देशभर करिब ६ सय पब्लिक क्याम्पस रहेको संघले बताएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.