गायक तथा संगीकार थानेश्वर गौतम फिल्म सेटमै ढले, तत्कालै डाक्टर बोलाइयो
काठमाडौं। गायक तथा संगीकार थानेश्वर गौतम फिल्म सेटमै ढलेका छन्। फिल्म ‘जनै हराएको मान्छे’ को ‘आधाआधी सपनाहरू भैदिएन पुरा’ बोलको गीत भावनामा डुबेर गाउँदा गाउँदै गायक गौतम एक्कासी सेटमा नै ढल्न पुगेका हुन्।
फिल्म ‘जनै हराएको मान्छे’ का निर्माता विमल न्यौपानेका अनुसार फिल्म रहेको ‘आधाआधी सपनाहरू भइदिएन पुरा’ गीतको प्रमोसनल भिडियो छायांकन भइरहेको समयमा गायक गौतम एक्कासी ढल्न पुग्नुभयो, निर्माता न्यौपानेले भने, ‘उहाँको प्रेसर लो भएको छ। तुरुन्तै सेटमा डाक्टर बोलाएर उपचार गर्दा नर्मल भयो।’
सेटमा बिहानैदेखि केही नखाएका कारण उनलाई त्यस्तो भएको हुन सक्ने निर्माताले अनुमान लगाए। केही समयपछि होसमा आएपछि उहाँले फेरि छायांकन गर्नुभयो’ न्यौपानेले थपे।
फिल्ममा विजय बराल, केकी अधिकारी, मिरुना मगर, गौरव पहाडी, सुशांक मैनाली, भोलाराज सापकोटा, आरुस भुसाल, रियर राई, भावना खपांगी मगर, रुपेश लामा, सुमन थापा लगायतको अभिनय रहेको छ।
हिमाल न्यौपाने निर्देशक रहेको फिल्म पेपरक्लिपको ब्यानरमा निर्माण भएको हो। फिल्मका निर्माताहरू कमल न्यौपाने र विमल न्यौपाने रहेका छन्। कार्यकारी निर्मातामा नारायण तिमल्सेना, चूडामणि शिवाकोटी, आरके मानन्धर, सीआर बस्नेत, फिलिप डिसी र जेम्स महाराजन रहेका छन्। नवीन गुरुङको डीओपी र कृष्ण परियारको सिने मेटोग्राफी रहेको फिल्ममा भानुभक्त ढकालको लेखन छ । फिल्म आगामी भदौ ६ गतेबाट प्रदर्शनमा आउँदैछ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment