रिलिजको २४ घण्टा नपुग्दै दुर्गेशको गीतले बनायो धेरै हेरिएको रेकर्ड, विष्णु माझीको रेकर्ड तोडियो

डिसी नेपाल
२६ असार २०८२ १४:३५
3.0k
Shares

काठमाडौं । दुर्गेश थापाको गीत ‘जाने भए जाम माया’ले नयाँ रेकर्ड कायम गरेको छ । यो गीत रिलिज भएको पहिलो दिन सबैभन्दा धेरै हेरिएको नेपाली गीत बनेको छ । रिलिज भएको सुरुवाती २१ घण्टामा यो गीत १७ लाख पटक हेरिएको छ ।

यसअघि रिलिज भएको पहिलो २४ घण्टामा सबैभन्दा धेरै हेरिएको गीत विष्णु माझीको तीज गीत ‘आइन आमा’ थियो । गत वर्ष तीजको बेला रिलिज भएको विष्णु माझीको यो गीत रिलिज भएको २४ घण्टामा १५ लाख पटक हेरिएको थियो ।

दुर्गेशको गीत रिलिज भएको २४ घण्टा हुन अझै केही घण्टा बाँकी छ । र, यो बाँकी अवधिमा यो गीतले २ मिलियनको कोसेढुंगा पार गर्न सक्छ कि सक्दैन भन्ने चासोको विषय बनेको छ । यसअघि कुनै पनि नेपाली गीतले २४ घण्टामा २ मिलियनको माइलस्टोन पार गर्न सकेका छैनन् ।

दुर्गेश थापाको गीतमा स्वयं दुर्गेश थापासँगै भ्लगर सिसन बानियाँ र नाइजेरियन फुटबलर अल्हाजी जेरोको स्वर छ । म्युजिक भिडियोमा यी तीनसँगै गुराँस नानीको पनि अभिनय छ । गीतको शब्द, संगीत र एरेन्ज सबै दुर्गेशकै हो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.