टेक बिसी र विमलाको ‘छमिया’ गीत सार्वजनिक
काठमाडौं । गायक टेक विसी र गायिका विमला लामाको आवाजमा ‘छमिया’ बोलको गीत सार्वजनिक भएको छ।
यो गीतमा शब्द तथा सङ्गीत अनिता विश्वकर्माको रहेको छ भने यसको भिडियोलाई निर्देशन भने राहुल बराइलीले गरेका हुन्।
यो गीतमा मोडलको रूपमा सन्जोग राना, सुस्मिता तामाङ, सुस्मा मगरको साथमा गायक बिसी आफै पनि देखिएका छन्। गायिका लामाको कुरा गर्ने हो भने करिब एक बर्षअघि ‘सिङ्गिङ स्टार नेपाल’ रियालिटी सो बाट उदाएकी हुन्।
गीतमा समावेश गरिएको ‘अनमोल नि मै हो, पल शाह नि मै हो, प्रदीप नि मै हो, समीर नि मै हो, त्यस्तै गरी पूजा नि मै हुँ, आँचल नि मै हुँ, वर्षा नि मै हुँ’ जस्ता लाइनहरू दर्शकले मन पराइरहेका छन्।
यो गीतलाई युट्युब स्मिता स्नेहा इन्टरटेन्मेन्टबाट सार्वजनिक गरिएको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment