तितोसत्य स्वीकार्ने क्षमता विकास भए जीवन सहज छ : राजेश हमाल

डिसी नेपाल
२६ असार २०८२ १८:३८
72
Shares

काठमाडौं । महानायक राजेश हमालले तितो सत्य स्वीकार गर्ने क्षमता विकास गर्ने हो भने जीवन सहज हुन सक्ने बताएका छन्।

विहीबार काठमाडौंमा आयोजित अक्टल विज्ञान उत्कृष्ट पुरस्कार वितरण कार्यक्रममा उनले जीवनको वास्तविकता जान्नु भनेको सहज हुनु मात्र नभइ तितो सत्य स्वीकार गर्नु पनि हो भने। उनले तितो सत्य स्वीकार गर्ने क्षमता विकास गर्न सके जीवन सहज हुने बताए।

उनले भने,‘जीवन एउटा युद्ध हो। युद्ध हामीले एक दिन हार्नैपर्छ। तर युद्धभित्र भएका केही मुटभेढ जित्छौ जसलाई हामीले सफलता भन्छौ। तर सम्पूर्ण जीवनमा युद्ध हार्ने नै हो। त्यसकारण साना साना सफलतामा नै रमाउनुपर्छ। जुनसुकै पेशामा लागेपनि जस्तो अवस्थामा भएपनि भित्रि आत्मादेखि जीवनलाई गम्भिर भएर हेर्नुपर्छ। जीवनको वास्तविकता जान्नु भनेको सहज हुनु होइन, तितो सत्य स्वीकार गर्नु हो। तितो सत्य स्वीकार गर्ने क्षमता विकास गर्ने हो भने जीवन सहज हुन सक्छ।’

यस्तै, उनले जीवनमा उर्जाशील र सकारात्मक भइरहन सक्ने हो भने जीवन आफै सकारात्मक दिशातर्फ जाने पनि बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.