लघुकथा: बधाई
पोर्टलमा कविता आएछ।
फेसबुकमा न लाइक दिन पढ्नु परोस्, न त बधाई भन्न पढ्नु पर्छ; साथीहरूले दुबै भ्याइसकेछन्।
खासमा पोर्टलको ठेगानामा पठाएपछि मैले इमेलको सेन्ड बटम खोलेर फेरि पढेको थिएँ-यो कविता।
आफैंलाई पटक्कै चित्त बुझेन।
अनि कापी गरेर सजिलो प्रीति टू युनिकोड कर्न्भटरमा लगें र जानेको संशोधन गरें।
बल्ल कविता जस्तो भयो भन्ठानें।
अनि त्यसैलाई कापी गरेर फेरि सेन्ड गरें।
पुनश्च लेखेर सम्पादकलाई छोटो अनुरोध पनि गरी पठाएँ-“कृपया, पछिल्लो चै प्रकाशित हओस्।”
पोर्टलमा अघिल्लो चै कविता आएछ।
यो आउनुभन्दा बरु आउँदै नआएको भए हुन्थ्यो।
साथीहरू यस्तो समयमा बधाईमाथि बधाई थपिरहेका छन्; जतिखेर म स्वयम् चै हाँस्नु कि रुनुको अवस्थामा छु।
प्रतिक्रिया
















Facebook Comment