एकीकृत समाजवादीमा बामदेव समाहित, साउन २ गते एकता घोषणा

डिसी नेपाल
२७ असार २०८२ १२:३६
572
Shares

काठमाडौं। वामदेव गौतम नेतृत्वको नेकपा एकता राष्ट्रिय अभियान र माधव नेपाल नेतृत्वका नेकपा एकीकृत समाजवादीबीच एकता हुने भएको छ।

माधवकुमार नेपाल र वामदेव गौतमबी भएको सहमतिअनुसार आगामी साउन २ गते दुई दलबीच एकता हुने भएको हो। वामदेव नेकपाकालमा पार्टी विभाजन गर्न नहुने पक्षमा उभिएका थिए।

पछिल्लो समयसम्म उनले वामपन्थीहरुबीच एकताको लागि प्रयास गरेका थिए। योबीचमा वामदेव एमालेमा प्रवेश गर्ने हल्लासमेत चलेको थियो। तर, एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले वामदेवलाई एमालेमा भित्र्याउन अनिच्छा गरेपछि वामदेवको बाटो एकीकृत समाजवादी पार्टीतर्फ मोडिएको हो।

यस सम्बन्धी सहमतिमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल र नेकपा एकता राष्ट्रिय अभियानका अध्यक्ष बामदेव गौतमले हस्ताक्षर गरेका छन्।

सहमति पत्रमा दुवैको राजनीतिक सिद्धान्त मिलेको र नेपालको कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध गर्नु पर्ने आजको ऐतिहासिक आवश्यकतालाई ध्यानमा राख्दै एकताबद्ध हुने सहमति गरेको उल्लेख छ।

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *