पार्टीले विदा गरे स्वीकार्न तयार छु : माधव नेपाल
काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले आफूमाथि मुद्दा लगाइएकै कारण पार्टीले विदा गरे स्वीकार गर्न तयार रहेको बताएका छन्।
शुक्रबार काठमाडौंमा पार्टी निकट विद्यार्थी संगठन अनेरास्ववियूको प्रथम केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले आफुमाथि लगाइएको मुद्दाका आधारमा कमिटीले विदा गरे आफु विदा भएर जान तयार रहेको बताएका छन्। आफूमा पार्टी बनाउने आँट रहेको र बिभिन्न चूनौतिको सामना गरेर अघि बढ्ने उनले बताए।
अध्यक्ष नेपालले आफुले जीवनमा एक पैसा पनि घुस नलिएको भन्दै कुनै डर नरहेको धारणा राखे। नेपाल सरकारको नीतिगत निर्णयमाथि अख्तियारले छानविन गर्न नपाउने व्यवस्था संविधानमा हुँदाहुँदै आफूमाथि प्रतिशोधपूर्ण ढंगले मुद्दा चलाइएको उहाले बताए।
अध्यक्ष नेपालले अहिले आफूमाथि प्रतिशोध साध्नेहरू पछि आफूले खनेको खाल्डोमा आफैँ पनि पर्न सक्ने जिकिर गरे।
No ads found for this position



डिसी नेपाल
Facebook Comment