श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले सार्वजनिक गर्यो प्रगति विवरण

डिसी नेपाल
२७ असार २०८२ १८:४१
60
Shares

काठमाडौं । श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले एक वर्षको उपलब्धि सार्वजनिक गरेको छ ।

शुक्रबार पत्रकार सम्मेलनको आयोजना गर्दै उपलब्धिहरू सार्वजनिक गरेको हो ।

पत्रकार सम्मेलनमा प्रवक्ता मणिनाथ गोपले मन्त्री शरत सिंह भण्डारी र सचिव डा. कृष्णहरि पुष्करले श्रम तथा व्यवसायजन्य सुरक्षा विभागको नयाँ भवन/कार्यालयको निरीक्षण तथा अवलोकन गरेर जानकारी समेत लिएको बताए ।

प्रवक्ता गोपले मन्त्री र सचिव भएको विभागको निरीक्षण तथा अवलोकनले विभाग परिवारलाई हौसला मिलेको औंल्याउँदै उहाँहरुको निर्देशनले लक्ष्य प्राप्तिमा मार्गदर्शन समेत प्राप्त भएको बताए ।

उनले आन्तरिक श्रम बजारको व्यवस्थापन गर्नुका साथै आन्तरिक रोजगारी प्रवद्र्धनका लागि निरीक्षण तथा अवलोकन कार्यक्रमको अवसर पारी विभाग तथा अन्तर्गत कार्यालयबाट आर्थिक वर्ष २०८१÷८२ मा सम्पादन भएका प्रमुख कार्यहरु एवम् प्राप्त भएका प्रमुख उपलब्धिहरुको प्रस्तुतीकरण समेत गरिएको बताए ।

‘आन्तरिक श्रम बजारलाई व्यवस्थित, सुरक्षित र मर्यादित तुल्याउन एक प्रमुख निकायको रुपमा भूमिका निर्वाह गरिरहेको श्रम तथा व्यवसायजन्य सुरक्षा विभागको कार्यालय विगत लामो समयदेखि मीन भवनबाट भइरहेकोमा कार्यालय परिसरको अपर्याप्तता, पहुँच मार्गको समस्या जस्ता कठिनाईका कारण २०८२ जेष्ठ १ गतेबाट नेपाल औषधि लिमिटेडको भवनबाट सेवा सञ्चालन शुरु गरिएको व्यहोरा विदितै छ । कार्यालयको आन्तरिक तयारीमा केही समय लगाई हालसालै कार्यकक्षहरुबाट सेवा प्रवाह गर्न शुरुवात भएको सन्दर्भमा माननीय मन्त्री शरत सिंह भण्डारीज्यू र श्रीमान् सचिव डा.कृष्णहरि पुष्करज्यूबाट मिति २०८२ असार २७ गते शुक्रबारका दिन विभागको नयाँ भवन/कार्यालयको निरीक्षण तथा अवलोकन सु–सम्पन्न भएको छ,’ पत्रकार सम्मेलनमा उनले भने ।

आन्तरिक श्रम बजारको व्यवस्थापन, असल श्रम सम्बन्धको विकास, प्रतिष्ठानहरुको नियमन एवम् आन्तरिक रोजगारी प्रवद्र्धनका लागि विभागले उल्लेख्य काम गरेको पनि उनले बताए ।

उपलब्धिहरू

१.श्रम निरीक्षण भएका प्रतिष्ठानको संख्या –३३२४ ९२.३३ प्रतिशत प्रगति

२.बालश्रम निरीक्षण भएका प्रतिष्ठानको संख्या –३२९१ ९१.४१ प्रतिशत प्रगति

३.श्रम अडिट भएका प्रतिष्ठानको संख्या –३७८०७५.६० प्रतिशत प्रगति

४.श्रम इजाजत प्रदान गरिएका विदेशी नागरिकको संख्या (विभिन्न ७४ देशका नागरिक)
– नयाँ ८१५ जना – नवीकरण १५४२ जना

५. श्रमिक आपूर्तिकर्ता कम्पनी
– नयाँ दर्ता संख्या – ५२ वटा
– नवीकरण – ४२० वटा

६. विभाग तथा अन्तर्गत कार्यालयमा दर्ता भएका दावी/उजुरी तथा फछ्यौटको प्रगति
व्यक्तिगत दावी/उजुरी ६९९ वटा
सामूहिक दावी/उजुरी ७२ वटा
उजुरी/विवाद समाधान संख्याः ४९७ वटा
समाधानको प्रक्रियामा रहेका विवाद/उजुरी संख्याः २७४ वटा
विवाद/उजुरी समाधानको प्रगति प्रतिशतः ६४.४६ प्रतिशत

७. ट्रेड युनियन संघ दर्ता तथा नवीकरण संख्या
नयाँ दर्ता – २१ वटा नवीकरण – ६३ वटा
प्रतिष्ठानस्तरको नयाँ दर्ता – ६८ वटा नवीकरण – २०२ वटा

८. विभागको समग्र भौतिक तथा वित्तीय प्रगति (आर्थिक वर्ष २०८१÷८२)
भौतिक प्रगति ९६.२६ प्रतिशत

वित्तीय प्रगति ८०.११ प्रतिशत (चालु ७८.६८ प्रतिशत र पूँजीगत ९०.०२ प्रतिशत)
(= अर्थ मन्त्रालयबाट कार्यक्रम तथा पूँजीगत खर्चमा २५ प्रतिशत रोक्का गरेको कारण कम वित्तीय प्रगति)
विभागको बेरुजु – नभएको
विभागको राजस्व आय – रु.४,९२,४०,४०५ ।–

९. श्रमिक आपूर्तिकर्ताबाट २०८१÷८२ मा जम्मा गरिएको रकमः
सामाजिक सुरक्षा कोषमा जम्मा भएको योगदान रकम रु.१,७१,५७,४०,७०६ ।–

१०. प्रतिष्ठानहरुबाट राष्ट्रिय स्तरको कल्याणकारी कोषमा जम्मा गरेको रकमः रु.१,५२,९७,२४,०६० । –




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.