महिला सशक्तीकरणका लागि मिस-मिसेस इनडिपेन्डेन्ट इन्टरनेशनल नेपाल प्रतियोगिता हुँदै
काठमाडौं। सौन्दर्य प्रतियोगिता भन्ने बित्तिकै सबैको मानसपटलमा आउने दृश्य भनेको सुन्दरताका आधारमा ‘जज’ गरिने प्रतियोगिता भन्ने नै हुन्छ।
अधिकांश ब्यूटी प्याजेन्टहरू ब्युटीसँग नै रिलेटेड हुन्छन्।
तर, इम्पावर इभेन्टले आयोजना गर्न लागेको ब्यूटी प्याजेन्ट मिस एण्ड मिसेस इनडिपेन्डेन्ट इन्टरनेशनल भने सौन्दर्यसँग मात्र सम्बन्धित छैन। यो प्रतियोगिता महिला सशक्तीकरणलाई केन्द्रविन्दुमा राखेर आयोजना गर्न लागिएको इम्पावर इभेन्टले जनाएको छ।
मिस एण्ड मिसेस इनडिपेन्डेन्ट इन्टरनेशनल अमेरिकन फ्रेन्चाइज प्रतियोगिता हो। यो प्रतियोगितामा कुनै पनि उमेर समूहका महिलाहरूले सहभागिता जनाउन सक्नेछन्। टिन, मिस, मिसेस, सिंगल मदर, डिभोर्सी तथा विधवा महिलाले प्रतियोगितामा भाग लिन सकिने व्यवस्था गरिएको छ।
मिसेस भोग नेपाल, २०२४ को विजेता पूजा पाख्रिन यो प्रतियोगिताको निर्देशक हुन्। उनले नै केही फरक खालको र महिलाहरूलाई इम्पावर गर्ने प्रतियोगिताको कन्सेप्ट अघि बढाएकी हुन्।
‘ब्युटी प्याजेन्ट भन्ने बित्तिकै निश्चित हाइट र सौन्दर्य भएका महिलाहरूले भाग लिने प्लेटफर्म हो भन्ने आम सोचाइमा परिवर्तन ल्याउन मिस एण्ड मिसेस इनडिपेन्डेन्ट इन्टरनेशनल नेपाल प्रतियोगिता आयोजना गर्न लागिएको हो, ‘पूजा भन्छिन्, ‘नेपालमा अहिले भइरहेका ब्यूटी प्याजेन्टभन्दा भिन्न कन्सेप्टमा यो प्रतियोगिता सम्पन्न गर्न लक्ष्य लिएका छौँ।’
मिसेस भोगको विजेता बनेपछि पूजाले थाइल्याण्डको बैंककमा आयोजित ‘मिसेस टुरिजम क्वीन इन्टरनेशनल–२०२४’ प्रतिस्पर्धा गरेकी थिइन्।
‘मैले प्रतियोगिताहरूमा भाग लिँदा हासिल गरेका अनुभव र महशुस गरेका अभाव र कमजोरीहरूमा सुधार गरेर उत्कृष्ट प्रतियोगिताको नमुना प्रस्तुत गर्न यो प्याजेन्ट आयोजना गर्न लागिएको हो, पूजा भन्छिन्, ‘अन्तर्राष्ट्रिय स्तरको प्याजेन्ट कुन तहको हुनुपर्छ भन्ने बेञ्चमार्क स्थापित गर्ने गरी प्रतियोगिता सम्पन्न गर्ने छौँ।’
प्रतियोगितामा भाग लिने महिलाहरूलाई व्यक्तित्व विकास, ग्रुमिङ, आत्मविश्वास अभिवृद्धि, करिअर केन्द्रित वर्कशप, महिला सशक्तीकरण सम्बन्धी सेमिनारहरू, प्रोफेसनल फोटो सुट, रनवे ट्रेनिङ, स्टाइलिङ सेसन तथा देश विदेशका प्रतिष्ठित डिजाइनर र विज्ञहरूसँग अन्तरक्रिया गराइने निर्देशक पूजा बताउँछिन्।
इम्पावर इभेन्टका कार्यकारी निर्देशक श्रीजल विक्रम शाही हरेक उमेर समूहका महिलाहरूमा रहेका प्रतिभा र कथाहरूलाई प्रस्फुटन हुन दिएर उनीहरूको आत्मविश्वास बढाउनु प्रतियोगिताको उद्देश्य रहेको बताउँछन्।
प्रतियोगिताको क्रियटिभ हेड पुरन जोशीले प्रतियोगीहरूलाई व्यक्तिगत र व्यवसायिक जीवनमा आवश्यक पर्ने विविध ज्ञान सीप अभिवृद्धि गर्न ग्रुमिङ गरिने बताए।
प्रतियोगिताका लागि फिजिकल अडिसन सम्पन्न गरिएको छ। जसबाट ३५ जना प्रतियोगी छनोट भइसकेका छन्। काठमाडौँ उपत्यका बाहिरका प्रतियोगिहरूका लागि डिजिटल अडिसन गरिने निर्देशक पाख्रिन बताउँछिन्। प्रतियोगितको फाइनल प्रतिस्पर्धा २९ अगष्टमा गरिने बताइएको छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment