छिटै राष्ट्रिय खेलकुद प्रतियोगिताको मिति घोषणा गरिने छ : खेलकुदमन्त्री चौधरी

डिसी नेपाल
२८ असार २०८२ १६:३०
132
Shares

काठमाडौं । खेलकुदमन्त्री तेजुलाल चौधरीले छिटै राष्ट्रिय खेलकुद प्रतियोगिताको मिति घोषणा गरिने बताएका छन्।

शनिबार विराटनगरमा आयोजना गरिएको राष्ट्रपति रनिङ शिल्ड, अन्तरप्रदेश तथा राष्ट्रिय प्रतियोगितामा पदक प्राप्त गर्ने खेलाडी, प्रशिक्षक र खेल क्षेत्रमा योगदान पुर्‍याउने व्यक्तित्वहरूको सम्मान कार्यक्रममा बोल्दै मन्त्री चौधरीले यसै वर्ष नै राष्ट्रिय खेलकुद प्रतियोगिता सम्पन्न गर्नेगरि छिटै मिति तोकिने जानकारी दिए।

मन्त्री चौधरीले एनपिएल सञ्चालनका लागि खेलकुद परिषदलाई निर्देशन दिई सकिएको बताउदै सार्वनिक खरिद ऐन तथा विधि, र प्रक्रिया मानेर अघि बढ्न क्यानलाई आग्रह गरिएको स्पष्ट पारे। उनले ऐन कानुन, विधि र प्रणालीलाई सबै खेल संघहरुले पालना गर्नुपर्ने बताउदै ओलम्पिक कमिटीमा देखिएको समस्या चाडै नै समाधान हुने विश्वास व्यक्त गरे।

मन्त्री चौधरीले पछिल्लो समय कोशी प्रदेशको खेलकुद क्षेत्रको स्तर घटेकाले खेलाडीहरुमा लगानी गर्न प्रदेश सरकार र खेलकुद विकास बोर्डलाई आग्रहसमेत गरे।

कार्यक्रममा कोशी प्रदेशबाट राष्ट्रपति रनिङ शिल्ड तथा अन्तरप्रदेश तथा राष्ट्रिय प्रतियोगितामा रजत र कास्य पदक विजेता खेलाडीहरुलाई ५ हजार देखि ९ हजार रुपैयाँसहित सम्मान गरिएको थियो। यसैगरी खेल क्षेत्रमा योगदान पुर्‍याउने उद्योगपति, पूर्व खेलाडी र पत्रकारहरुलाई सम्मान गरिएको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.