सुमनाको प्रश्न- मन्त्रीको घुस काण्डमा भनिएका ‘बा’ को हुन्?

डिसी नेपाल
२९ असार २०८२ १३:५२
144
Shares

काठमाडौैं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सुमना श्रेष्ठले मन्त्रीको अडिओ प्रकरण छानविनको माग गरेकी छन्।

आइतबार प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै उनले अडियो प्रकरण छानविनको माग गरेकी हुन्।

उनले भनिन्, ‘कास्कीको कार्यालयमा को पठाउनेमा घुस, जिल्लाको भूमि आयोगको अध्यक्षहरुमा सेटिङ, किन भूमि विधेयक फास्टट्रयाकबाट पास गर्न खोजिएको बुझियो। आफू अनुकूल मान्छे, आफू अनुकूल कानुन। एउटा मन्त्रीले अर्को मन्त्रीलाई पेलेको छ। यसको छानबिनको हामी माग गर्छौं। सम्बन्धित ठाउँ भनेको कसको कुन ठाउँ हो ? अडिओमा भनिएको ‘बा’ भनेको के हुन् ?।’

केही दिनअघि संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताको अडिओ काण्ड बाहिरिएको थियो। उक्त अडिओमा भूमिमन्त्रीको नाम पनि पटक–पटक लिइएको छ। उनले मन्त्रीको घुस काण्डमा भनिएका ‘बा’ को हुन् भन्दै प्रश्न गरिन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *