बालेनले सुनाए काठमाडौंको १९ बुँदे नीति तथा कार्यक्रम
काठमाडौं। काठमाडौं महानगरपालिकाको नीति तथा कार्यक्रम प्रस्तुत भएको छ।
आइतबार महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले नगरसभामा नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन्।
बजेट ल्याउनुअघि राष्ट्रियसभा गृहमा भइरहेको नगरसभा बैठकमा मेयर बालेन्द्र साहले आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम ल्याएका हुन्।
उनले नगरसभाको बैठकमा १९ बुँदे नीति तथा कार्यक्रम वाचन गरेका हुन्। नगर सभामा पेश हुनुपूर्व कार्यपालिकाबाट बजेट पास गराउनुपर्ने व्यवस्था छ। त्यही व्यवस्था बमोजिम महानगरको कार्यपालिकाले बजेट आइतबार बिहानै पास गरिसकेको छ।
गत शुक्रबार महानगरको स्रोत तथा अनुमान समितिले आगामी आर्थिक वर्षका लागि २५ अर्ब ११ करोड ३४ लाख रुपैयाँ बराबरको बजेट सीमा निर्धारण गरेको थियो।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment