सरकारले अस्तित्व गुमाउँदै गएको माओवादीको आरोप

डिसी नेपाल
२९ असार २०८२ १९:२१
24
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता शक्ति बस्नेतले वर्तमान सरकारले आफ्नो औचित्य गुमाउँदै गएको आरोप लगाएका छन्।

आइतबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै बस्नेतले संविधान संशोधन, सुशासन, बिकास निर्माण लगाएत सवैमा सरकारले ध्यान दिन नसकेको भन्दै सरकारले आफ्नो औचित्य गुमाउँदै गएको बताएका हुन्।

वर्तमान सरकार जनताप्रति उत्तरदायी र आफ्नो कामकारबाही प्रति जवाफदेही समेत नदेखिएको उनले बताए। बस्नेतले वर्तमान सरकार सुशासनका लागि नभइ अनियमिताको ढाकछोप गर्नका लागि बनेकाले मन्त्रीहरूको विभिन्न प्रकरण आउनु नौलो कुरा नभएको तर्क गरे।

उनले सुशासनका विषयमा सरकारबाट अपेक्षा गर्नु मुर्खता हुनेजस्तो देखिएको समेत बताए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *