टिपरको ठक्करबाट महिलाको मृत्यु

डिसी नेपाल
२९ असार २०८२ १९:३५
1.5k
Shares

भद्रपुर । झापाको दमक नगरपालिका३ सङ्गम चोकमा आज सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।

डिपु चोकबाट आम्दातर्फ आउँदै गरेको मे१ख २८८४ नम्बरको टिपरले विपरीत दिशातर्फ गइरहेकोे मे११प ५४५३ नम्बरको स्कुटीलाई ठक्कर दिँदा उक्त दुर्घटना भएको हो।

दुर्घटनामा स्कुटीको पछाडि सवार ५६ वर्षीया लक्ष्मी गौतमको घटनास्थलमै मृत्यु भएको छ भने स्कुटी चालक ४४ वर्षीया टीका गौतम सामान्य घाइते भएकी प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिए।

टिपर चालक विर्तामोड२ का ४६ वर्षीय तोयानाथ विकलाई नियन्त्रणमा लिइ थप अनुुसन्धान भइरहेका प्रहरीले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.