रोल्पामा जिप दुर्घटना हुँदा नौ जना घाइते

डिसी नेपाल
१९ साउन २०८३ १६:४८

रोल्पा। रोल्पाको त्रिवेणी गाउँपालिका–५ हान्जाबाङस्थित सडकमा जिप दुर्घटना हुँदा नौ जना घाइते भएका छन्। घाइतेमध्ये सहचालकको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

गंगादेव गाउँपालिका–१ भुर्तिबाट दाङको तुलसीपुरतर्फ जाँदै गरेको लु १ ज १७४३ नम्बरको जिप अनियन्त्रित भई सडकबाट करिब १५ मिटर तल खोल्सामा खस्दा दुर्घटना भएको हो। २२ वर्षीय चालक दिलकुमार वलीले चलाएको जिपमा चालकसहित १० जना सवार थिए।

दुर्घटनामा धर्मराज डाँगी, सुपुरी डाँगी, पलबहादुर घर्तीमगर, गम्भीर घाइते भएका सहचालक चित्रराम वली, मनिका डाँगी, उनका चार वर्षीय छोरा प्रदीप डाँगीसहित अन्य तीन जना घाइते भएका छन्। सबै घाइतेको जुगार स्वास्थ्य चौकीमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि राप्ती प्रादेशिक अस्पताल, तुलसीपुर पठाइएको छ। प्रहरीले चालकलाई नियन्त्रणमा लिएर दुर्घटनाबारे थप अनुसन्धान सुरु गरेको जनाएको छ।

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *