बाजुराको छेडेदह तालमा एक महिला मृत फेला

डिसी नेपाल
१९ साउन २०८३ १७:२७

बाजुरा। बाजुराको खप्तड छेडेदह गाउँपालिकामा अवस्थित पर्यटकीय क्षेत्र छेडेदह तालमा एक महिला मृत अवस्थामा फेला परेकी छन्। सोही पालिकाको वडा.नम्बर ७ बस्ने माने कठायतकी श्रीमती अन्दाजी ६२ बर्षिया धरु देवी कठायत मृत फेला परेकी हुन्।

मृतक कठायत साउन १७ गते घरमा कोही कसैलाई जानकारी नगराई निस्केकी थिइन्। यसपछि सम्पर्कविहीन भएकी उनी साउन १९ गते दिउँसो करिब २ः३० बजे छेडेदह तालमा उनको शव फेला परेको जिल्ला प्रहरी कार्यालय बाजुराका सूचना अधिकारी एवं प्रवक्ता नरेश बहादुर शाहीले जानकारी दिए।

उनका अनुसार,घटनाको जानकारी प्राप्त हुनासाथ प्रहरी चौकी डोगडीबाट प्रहरी सहायक निरीक्षक धर्मानन्द पन्तको कमाण्डमा ५ जनाको प्रहरी टोली घटनास्थलमा पुगेको थियो।

घटनाको थप अनुसन्धानको लागी जिल्ला प्रहरी कार्यालय बाजुराबाट प्रहरी निरिक्षक गगन सिंह भाटको कमाण्डमा ७ जना सदस्यीय प्रहरीको टोली घटनास्थलतर्फ खटिएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

छेडेदह ताल बाजुराको पर्यटकीय क्षेत्र मध्येको एक हो। यहाँ बर्षातको समयमा घुम्ने पर्यटकको घुइँचो लाग्ने गर्छ। सुदूरपश्चिम प्रदेशको प्रमुख पर्यटकीय क्षेत्र खप्तड नजिकैको क्षेत्र तथा बझाङ र बाजुरा जिल्लालाई जोड्ने प्रमुख सडकको छेउमै यो ताल अवस्थित छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *