लागूऔषधसहित एक जना पक्राउ

डिसी नेपाल
२९ असार २०८२ १९:५४
208
Shares

सिरहा । सिरहा जिल्लाको औरही गाउँपालिका५ मलाह टोलका २३ वर्षीय राम उदगार मलाहलाई ठूलो मात्रामा लागूपदार्थ गाँजासहित प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय सिरहा र प्रहरी चौकी औरहीको संयुक्त टोलीले गोप्य सूचनाका आधारमा विशेष अपरेशन चलाउँदै उनलाई पक्राउ गरेको हो। पक्राउको समयमा उनी मोटरसाइकलमा गाँजा बोकेर हिँडिरहेका थिए।

प्रहरीका अनुसार, राम उदगारले चलाइरहेको प्रदेश २०१००३ प २१५४ नम्बरको मोटरसाइकलमा लोड गरिएको ७ वटा पोका तौल गर्दा जम्मा २ क्विन्टल १२ किलो ९२५ ग्राम गाँजा फेला परेको हो।

पक्राउ परेका मलाहविरुद्ध जिल्ला अदालत सिरहाबाट म्याद थप अनुमति लिइएको प्रहरीको भनाइ छ। हाल उनलाई थप अनुसन्धानका लागि हिरासतमा राखिएको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी विरेन्द्र कुमार पासवानले जानकारी दिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.