गैरआवासीय नेपाली संघ दक्षिण सुडानको अध्यक्षमा पाध्याय

डिसी नेपाल
२९ असार २०८२ २१:०४
32
Shares

काठमाडौं । गैरआवासीय नेपाली संघ दक्षिण सुडानको तेश्रो अधिवेशनले रामप्रसाद पाध्याको नेतृत्वमा नयाँ कार्य समिति चयन गरेको छ।

संघका अध्यक्ष डा. बद्री केसी, उपाधयक्षा रोजिना प्रधान राई र प्रमुख कार्यकारी अधिकृत राजेन्द्र राउतको उपस्थितिमा आइतबार भर्चुअल्ली सम्पन अधिवेशले उपाध्यक्षमा ईश्वर प्रसाद सिग्देल्, रुक्माङ्गद उपाध्याय, महसचिवमा बलाराम दाहाल्, सचिवमा रमेश बहादुर खत्री र कोषाध्यक्षामा आनन्द बाबु श्रेठ चयन गरेको छ।

त्यस्तै प्रवक्तामा राजदिओ गुरुङ र यूवा संयोजकमा हिरासिंह पौडेल छेत्री चयन भएका छन्। आइसीसी सदस्यमा बाबुराम गौतमको नाम प्रस्ताव गरिएको छ।

सदस्यमा प्राजकाश राज भण्डारी, रामन्द्र प्रसाद यादब, तिलक रोका, बिक्रम रबी अरन्ह, बेद बहादुर चौधरी, लक्स्मी प्रसाद ओखाबु, मन बहादुर सार्की र कृष्ण बहादुर नेपाली रहेका छन्।

अधिवेशन पश्चात बसेको कार्यसमिति बैठकले दक्षिण सुडानमा अक्षय कोष स्थापना गर्ने निर्णय गरेको छ। समितिले दक्षिण सुडानमा कार्यरत नेपालीका हकहित संरक्षण, श्रम समझदारी सम्झौता (मोउ)को पहल र समस्यामा परेका नेपालीको उद्धार तथा सहयोगमा संघ अग्रसर हुने निर्णय गरेको छ।

त्यस्तै नेपाली भाषा, धर्म, संस्कृति र चाडपर्वलाई प्रवर्द्धन गर्न नियमित कार्यक्रम तथा सांस्कृतिक उत्सव आयोजना गरिने योजना तय गरिएको अध्यक्ष्य पाध्याले बाताए।

दक्षिण सुडानका विभिन्न क्षेत्रमा रहेका सम्पूर्ण नेपालीलाई एनाअरएनएमा आवद्ध गराई एकता, सहकार्य र सेवामूलक भावना बढाइने पाध्याले बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.