साफ च्याम्पियनसिपः नेपाल बङ्गलादेशसँग पराजित

डिसी नेपाल
२९ असार २०८२ २२:१०
404
Shares

काठमाडौं । साफ यू२० महिला च्याम्पियनसिप फुटबलको दोस्रो खेलमा नेपाल बङ्गलादेशसँग पराजित भएको छ। बङ्गलादेशको राजधानी ढाकास्थित बसुन्धारा किङ्स एरेनामा सम्पन्न खेलमा घरेलु टोली बङ्गलादेशले नेपाललाई ३२ गोलअन्तरले पराजित गरेको हो।

खेलको दोस्रो हाफमा उत्कृष्ट पुनरागमन गरेको नेपालले अन्तिम समयमा सम्हालिएर खेल्न नसक्दा पराजित हुन पुग्यो। खेलको पहिलो हाफमा बङ्गलादेशले २० को अग्रता बनाएको थियो। खेलको १३औं मिनेटमा बङ्गलादेशले सुरुआती अग्रता बनायो। उसका लागि सिना जहान शिखाले गोल गरिन्। खेलको ३६औँ मिनेटमा बङ्गलादेशले अग्रता दोब्बर बनायो। बङ्गलादेशकी सागोरिकाले गोल गरिन्।

खेलको दोस्रो हाफको सुरुआतमै दुवै टोली १०१० खेलाडीमा सीमित भएका थिए। नेपालकी ‘डिफेन्डर’ सिम्रन राई र बङ्गलादेशकी सागोरिकाले एकअर्कामाथि मुक्का प्रहार गरेपछि ‘रेफ्री’ले दुवैलाई रातो कार्ड देखाएको थियो।

नेपालले त्यसको केही समयमा ‘पेनाल्टी’ पाएर खेलमा फर्कने अवसर पायो। अनिशा राईले गोल गर्दै खेल २१ को स्थितिमा ल्याइन्।

त्यसपछि खेलको पाँच मिनेट बाँकी रहँदा ‘काउन्टर अट्याक’मा नेपालले बराबरी गोल गर्‍यो। पूर्णिमा राईको क्रसमा मीना देउवाले गोल गर्दै नेपाललाई २२ को स्थितिमा पुर्‍याइन्। तर, बङ्गलादेशले खेलको दोस्रो हाफको अत्तिरिक्त समयमा विजयी गोल गर्‍यो। बङ्गलादेशकी तृष्णारानी सरकारले गोल गर्दै घरेलु टोलीलाई जित दिलाइन्।

जितसँगै बङ्गलादेशले प्रतियोगितामा लगातार दोस्रो जित दर्ता गराएको छ। बङ्गलादेशले पहिलो खेलमा श्रीलङ्कालाई ९१ गोलअन्तरले हराएको थियो। यसैगरी, नेपालको भने यो पहिलो हार हो। पहिलो खेलमा नेपालले भूटानलाई ६१ गोलअन्तरले हराएको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.