सुत्केरीको बाटोमै ज्यान गयो
उदयपुर । त्रियुगा नगरपालिका–९ गैरुनकी एक सुत्केरीको अस्पतालमा प्रसूति गराउन ल्याउँदा आइतबार बाटोमै ज्यान गएको छ। प्रसूति गराउन जिल्ला असपताल आउने क्रममा २८ वर्षीया तारा गिरीको मृत्यु भएको हो।
सुत्केरी व्यथा लागेपनि गिरीलाई ढिलो गरी छिमेकीले जिल्ला असपतालमा प्रसूति गराउन ल्याएका थिए। उनको अस्पताल ल्याउनुअघि नै बाटोमै मृत्यु भएको जिल्ला अस्पतालका सूचना अधिकारी सुरेश पाण्डेले जानकारी दिए।
गिरीका आफन्त घरमा कोही नभएको, आठ वर्षीय छोरा मात्र रहेको र श्रीमान् विदेशमा रहेका कारण गाउँलेले ढिला गरी अस्पताल ल्याएका अस्पतालले जनाएको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment