प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

डिसी नेपाल
३० असार २०८२ ७:१६
24
Shares

काठमाडौं। संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक सोमबार पनि बस्दैछ। बैठक आज दिउँसो १ बजे संसद भवन नयाँबानेश्वरमा बस्नेछ।

बैठकमा सहरी विकास मन्त्रालय, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयसम्बन्धी मौखिक प्रश्नहरुको सम्बन्धित मन्त्रीले जवाफ दिने कार्यसूची रहेको छ।

यसैगरी, युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले ‘राष्ट्रिय खेलकुद विकास (पहिलो संशोधन) विधेयक, २०८२ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ।

यस्तै, सभाका सभामुखले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभारसम्बन्धी पत्रको ब्यहोरा पढेर सुनाउने छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *