चेल्सीले जित्यो फिफा क्लब विश्व कपको उपाधि

डिसी नेपाल
३० असार २०८२ ७:४०
136
Shares

काठमाडौं। चेल्सीले फिफा क्लब विश्व कपको उपाधि जितेको छ। यस वर्ष सानदार फर्ममा रहेको पेरिस सेन्ट जर्मेनलाई ३-० को फराकिलो अन्तरले हराउँदै चेल्सीले उपाधि जितेको हो।

जित दिलाउने क्रममा कोल पालमरले दुई गोल गरे। खेलको २२ औं मिनेटमा पालमरको गोलमा चेल्सीले पहिलो अग्रता लिएको थियो। त्यसको ८ मिनेटपछि नै उनले अर्को आकर्षक गोल गरे। पहिलो हाफ सकिन दुई मिनेट बाँकी रहँदा पालमरको सहयोगमा जाओ पेड्रोले गोल गरे।

दोस्रो हाफमा पिएसजीले गोलका लागि धेर प्रयास गरे पनि त्यो सम्भव भएन। ८५ औँ मिनेटमा जाओ नेभेसले रातो कार्ड पाएपछि पिएसजी १० खेलाडीमा सीमित भएको थियो। चेल्सीको यो सिजनको दोस्रो उपाधि हो। यस अघि उसले युइएफए कन्फरेन्स लिगको उपाधि जितेको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.