तीज गीत ‘म भन्दा राम्रो कोही’मा पल र नारायणीको ठुम्का
काठमाडौं। निकी थापा अफिसियलको प्रस्तुतिमा नयाँ तीज गीत ‘म भन्दा राम्रो कोही’ सार्वजनिक भएको छ। निकी थापाको आफ्नै युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको गीतमा लोकप्रिय गायक पशुपति शर्मा र गायिका निकी थापाले नै स्वर दिएका छन्।
गीतमा साजन कुँवरको शब्द र यज्ञ सापकोटाको संगीत रहेको छ। एचबीएन किस्मतले गीतको संगीत संयोजन, मिक्सिङ र मास्टरिङ गरेका हुन्। गीतमा सुमित्रा मुखिया र गायत्री मगरको सपोर्टिङ भोकल सुन्न सकिन्छ।
निशान बानियाँको निर्देशनमा तयार भएको भिडियोमा अभिनेता पल शाह र नारायणी खत्रीको अभिनय देख्न सकिन्छ। प्रेम अर्यालले सहायक कलाकारको भूमिका निर्वाह गरेका छन्। दावा बल तामाङको कोरियोग्राफी रहेको भिडियोलाई बुद्ध थापा र उनको टिमले खिचेको हो।
भिडियोको सम्पादन प्रविन भट्टले गरेका हुन् भने कलर मिलन विश्वकर्माले गरेका छन्। गणेश घटालले पोस्टर आर्ट तयार पारेका हुन्। गलबन्दी म्युजिक प्रालिले गीतको अडियो र भिडियो निर्माण गरेको हो।







डिसी नेपाल








Facebook Comment