काठमाडौंका क्याम्पस अगाडि नेविसंघको प्रदर्शन
काठमाडौं। कांग्रेस निकट नेपाल विद्यार्थी संघका विद्यार्थीहरुले सोमबार काठमाडौंका विभिन्न स्थानमा प्रदर्शन गरेका छन्।
विद्यालयमा दोहोरो भर्ना बन्द गर्न, छात्रवृत्ति परादर्शी र न्यायोचित वितरण हुनुपर्ने, प्रतिस्पर्धात्मक शिक्षक नियुक्ति, विद्यार्थीमैत्री विद्यालय शिक्षा ऐन तत्काल जारी हुनुपर्ने र विश्वविद्यालयमा योग्यताका आधारमा नियुक्ति हुनुपर्नेसमेतका माग राखेर प्रदर्शन गरेका हुन्।
विद्यालय शिक्षा ऐन जारी गर्न ढिलाइ भइरहेको भन्दै तत्काल ऐन जारी गर्न माग नेविसघंको माग रहेको छ। सोमबार विहानदेखि उपत्यका भित्रका क्याम्पसहरु अगाडि भएको प्रदर्शनले यातायात प्रभावित भएको छ।
विद्यार्थीहरुले बानेश्वर क्याम्पस, नेपाल कमर्श क्याम्पस,कोटेश्वर क्याम्पस, पुल्चोक क्याम्पसलगायतका क्याम्पस अगाडि प्रदर्शन गरेका हुन्।
प्रदर्शनकारीले विद्यार्थीको प्रतिनिधित्व बिना सिनेट बैठक मान्य नहुने र शिक्षक नियुक्ति शतप्रतिशत खुला प्रतिस्पर्धाबाट हुनुपर्ने माग समेत राखेका छन्।






No ads found for this position

डिसी नेपाल
Facebook Comment