नेकपा बहुमतनिकट अखिल क्रान्तिकारी र प्रहरीबीच माइतीघरमा घम्साघम्सी

डिसी नेपाल
३० असार २०८२ १३:१८
72
Shares

काठमाडाैं। जनपक्षीय शिक्षा ऐन जारी हुनुपर्ने माग राख्दै नेकपा बहुमतनिकट अखिल क्रान्तिकारीले काठमाडौंमा प्रदर्शन गरेको छ। निशुल्क, समान र वैज्ञानिक शिक्षा सहितको जनपक्षीय शिक्षा ऐन जारी हुनुपर्ने भन्दै अखिल क्रान्तिकारीले सोमबार काठमाडौंको माइतीघरमा प्रदर्शन गरेका हुन्।

उनीहरुले पहुँच भएका व्यक्तिलाई नभइ पछि परेका समूदायलाई माथि उठाउनसक्ने कानूनको आवश्यकता रहेको जनाएका थिए। प्रदर्शनमा सहभागीहरुले निशुल्क शिक्षा प्रणाली लागू गरे, अध्ययनसंगै रोजगारीको ग्यारेन्टी गर, निशुल्क र समाज शिक्षा जनताको अधिकार लगाएतका प्लेकार्ड प्रदर्शन गरेका थिए।

प्रदर्शनका लागि विद्यार्थीहरु विद्यालय पोशाक आएपछि प्रहरीले हस्तक्षेप गरेको थियो। सो क्रममा झडपको अवस्था आउन खोजेपछि प्रहरीले केही विद्यार्थीहरुलाई नियन्त्रणमा लिएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *