दुई मन्त्रीद्वारा पर्सामा खानेपानी अभाव भएका क्षेत्रको अनुगमन

डिसी नेपाल
३० असार २०८२ २०:५०
52
Shares

वीरगञ्ज (पर्सा)। कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसिया र खानेपानी मन्त्री प्रदीप यादवले पर्साका खानेपानीको अभाव भएका क्षेत्रको संयुक्त रुपमा अनुगमन गरेका छन्।

संघीय सरकारका दुवै मन्त्रीले आज पर्साको निर्वाचन क्षेत्र २ अन्तर्गत पर्ने विभिन्न ठाउँमा खानेपानीको चर्को समस्या झेलेका जनतासँग छलफल तथा सोको समाधानको विषयमा छलफल गरेका हुन्।

खानेपानीमन्त्री यादवले वीरगञ्जसहित पर्साका धेरै स्थानमा नागरिकले खानेपानी आपूर्तिमा कठिनाइ भोग्नुपरेकाले समस्या पहिचान र समाधानका लागि कानुनमन्त्री चौरसिया र आफूले गाउँ–टोल तथा वडाहरुमा संयुक्त अनुगमन गरेको जानकारी दिए।

मन्त्री यादवले महानगरको खानेपानीको दीर्घकालीन समस्या समाधानका लागि एसियाली विकास बैंकको ऋण सहयोगमा रु चार अर्ब ५० करोड लागतमा परियोजना अघि बढाउन लागिएको जानकारी दिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.