आर्थिक वर्षको प्रारम्भबाटै बजेट कार्यान्वयन प्रभावकारी बनाउने कोशी प्रदेशको तयारी

डिसी नेपाल
३१ असार २०८२ १०:३८
12
Shares

विराटनगर। कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्षको प्रारम्भबाटै बजेट कार्यान्वयन प्रभावकारी बनाउने तयारी थालेको छ।

सोमबार बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले बजेट कार्यान्वयनका लागि सबै तयारीहरू पूरा गर्ने र सबै तहका सरोकारवाला सक्रिय हुनुपर्ने आवश्यकता रहेको मुख्यमन्त्रीको निर्देशन रहेको जनाएको छ।

बैठकपछि जानकारी दिँदै प्रदेश सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुनमन्त्री रेवती रमण भण्डारीले बजेट कार्यान्वयनमा कुनै ढिलाइ हुन नदिन सबै मन्त्रालय र निकायलाई जिम्मेवारीपूर्वक लाग्न मुख्यमन्त्रीले निर्देशन दिएको बताए।

त्यसैगरी बैठकले ताप्लेजुङ जिल्लाको सिदिङ्वा गाउँपालिकाको केन्द्र वडा नं ५ को भञ्जाङमा सार्न संघीय सरकारलाई सिफारिस गर्ने निर्णय गरेको छ। गाउँपालिका केन्द्र सार्ने प्रस्ताव स्वीकृत गरी संघीय सरकारसमक्ष सिफारिस गर्ने निर्णय मन्त्रिपरिषद्ले गरेको हो।

मन्त्री भण्डारीका अनुसार समाजमा देखिएको व्यवहारिक विकृति सुद्धार गर्न आन्तरिक मामिला तथा कानुन मन्त्रालयले प्रस्ताव गरेको ‘सामाजिक व्यवहार सुद्धिकरण सम्बन्धी ऐन’ ल्याउन सैद्धान्तिक सहमति पनि मन्त्रिपरिषद्ले प्रदान गरेको छ।

यसैगरी, सरकारी कामकाजको भाषालाई व्यवस्थित गर्न समाजिक विकास मन्त्रालयले प्रस्ताव गरेको विधेयक मस्यौदाका लागि पनि मन्त्रिपरिषद्ले सैद्धान्तिक सहमति दिएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *