‘द फेस नेपाल भोल्युम ५’ को फिनालेमा ८ जनाबीच प्रतिष्पर्धा हुने
काठमाडौं। नेपालकै पहिलो र ठूलो मोडलिङ रियालिटी शो ‘द फेस नेपाल भोल्युम ५’को फिनालेमा ८ जनाबीच प्रतिष्पर्धा हुने भएको छ। यु क्यान फ्लाई मोडलिङ एजेन्सी आयोजक रहेको शोको फिनालेमा एलिना चौधरी, एलेन थापा, गणेश क्षेत्री, इर्भान वीर सिंह कंशकार, प्राश्ना श्रेष्ठ, प्रतिष्ठा रिजाल, तृषा चेम्जोङ र जोस गरेट प्रतिष्पर्धी छन्।
कम्पनीकी प्रबन्ध निर्देशक स्वीकृति प्याकुरेलले नेपालमा मोडलहरुले अझ राम्रो ‘एक्सपोजर’ नपाइरहेको अवस्थामा उनीहरुलाई ‘एक्सपोज’को प्लेटफर्म दिन शोको आयोजना गरिएको बताइन् । स्वीकृति पनि १० वर्षदेखि मोडलिङमा सक्रिय छिन्।
‘म १० वर्षदेखि मोडलिङमा लाग्दा एक्सपोजर पाउनुपर्ने भए पनि अहिलेको मोडलहरुले मोडलिङमा लाग्ने बित्तिकै एक्सपोजर पाइहाल्नुपर्ने भन्ने भएकाले यो रियालिटी शो निर्माण गरेका हौं’, उनले भनिन्, ‘नेपालमा मोडलिङ इभेन्टहरु भए पनि मोडलले निरन्तरता दिए अनुसारको हाइप बनाउन सकेका छैनन् । त्यसकारण हामी उनीहरुलाई अवसरको ढोका खोल्न चाहन्छौं ।’
स्वीकृतिले फाइनलिस्टहरुको फ्यान फलोइङ राम्रो भएकाले शोमार्फत उनीहरुको आन्तरिक प्रतिभालाई बाहिर ल्याउन चाहेको खुलाइन्।
एजेन्सीका संस्थापक सम्शाद शाहले नेपालमा मोडलिङलाई धेरै राम्रो नमानेकै कारण युवाहरु विदेश गइरहेको बताउँदै शोमार्फत ती युवाहरुलाई नेपालमै काम गर्न सकिन्छ भनेर प्लेटफर्म दिन चाहेको खुलाए।
यसपटकको शोमा १८ जना सहभागी थिए । हरेक एपिसोडमा प्रतियोगी छाँटिदै फिनालेका लागि ८ जना पुगेका हुन् । प्रतियोगिताको फिनाले आगामी बिहीबार होटल सोल्टीमा हुँदैछ।
प्रतियोगिताको उपाधि विजेताले द फेस नेपालको ब्राण्ड एम्बासडरसँगै ७ लाख रुपैंयाँ बराबरको उपहार, म्युजिक भिडियो, विज्ञापनमा मोडलिङको अवसरलगायतको पुरस्कार प्राप्त गर्नेछन्।
No ads found for this position

डिसी नेपाल
Facebook Comment