चाम्सको चलचित्र ‘सुम्निमा’मा अभिनेता कुन्साङ अनुबन्ध
काठमाडौं । चलचित्र ‘विरविक्रम’, ’लिली बिलि’, ’ब्लाइण्ड रक्स’, ‘बबी’ ’गोर्खा वारियर’, ‘अञ्जिला’ जस्ता फरकफरक जनराको चलचित्र निर्देशन गरेर आफूलाई अब्बल निर्देशकको रूपमा प्रमाणित गरिसकेका निर्देशक मिलन चाम्सको निर्देशनमा बन्ने लभ स्टोरी जनराको चलचित्र ‘सुम्निमा’ मा अभिनेता कुन्साङ बमजन अनुबन्ध भएका छन्।
अभिनेता कुन्साङ बमजनले मिलन चाम्सको चलचित्रमा काम गर्न पाउनु आफ्नो लागि गर्वको कुरा हो र यो चलचित्रलाई आफ्नो डेब्यु चलचित्रको रूपमा आफूले दिलोज्यानले मेहनत गरेर आफूलाई प्रमाणित गर्ने बताए। ‘सुम्निमा’ ले बमजनको करियरमा इट्टा थप्ने आशा गर्न सकिन्छ।
गोर्खा फिल्मस र चाम्स इन्टरटेन्मेन्टको लगानीमा निर्माण हुने चलचित्रको नाम सुन्दा नारीको कथा लाग्ने भए पनि चलचित्र विशुद्ध प्रेमकथामा बन्ने निर्देशक चाम्सले बताए।
चलचित्रको मुख्य अभिनेत्रीमा उपासना सिंह ठकुरी अनुबन्ध भइसकेकी छन्। चलचित्रको अन्य कलाकार र प्राविधिक टिम छनोटको क्रममा रहेको निर्देशक चाम्सले बताए। निर्देशक चाम्सकाे अनुसार युनिसर्भल कथा र अन्तर्राष्ट्रिय बजारलाई ध्यान राख्दै यो चलचित्र तयार पारिनेछ।
राजीव थापाको लेखनमा बन्न लागेको चलचित्रको आउँदाे अगस्टमा लण्डन र नेपालमा छायांकन हुने बताइएको छ। चाम्सद्वारा निर्देशित चलचित्र ‘अञ्जिला’ ले ब्लकबस्टर व्यापार गरेको छ। बायोपिक चलचित्रमा सबैभन्दा बढी व्यापार गर्ने रेकर्ड पनि ‘अन्जिला’ ले बनाएको छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment