मुख्यमन्त्री सिंह र खानेपानी मन्त्री यादवबीच खानेपानी समस्या समाधानको लागि काम गर्ने सहमति
जनकपुर। मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंह र संघीय सरकारका खानेपानीमन्त्री प्रदीप यादवबीच जनकपुरधाममा भेटवार्ता भएको छ।
मंगलबार भएको भेटवार्तामा मधेश प्रदेशमा विद्यमान खानेपानी समस्या समाधानको लागि संघीय र प्रदेश सरकारले संयुक्त रूपमा अभियानकै रूपमा अगाडी बढने सहमति भएको छ।
संघीय र प्रदेश सरकारका संयन्त्रहरुलाई संयुक्त रूपमा परिचालन गर्दै खानेपानी संकट अन्त्यका लागि क्रियाशील गर्ने कार्य सुरु भएको छ। संघीय र प्रदेश सरकारले भएका साधनस्रोतको अधिक्तम प्रयोग गरि खानेपानी समस्या समाधान गर्ने र खानेपानीसंग सम्वन्धित ससर्त योजनाहरुलाई तत्काल कार्यान्वयन गरिने गरि काम अगाड़ी बढाइनेछ।
जनताले भोगिरहेको खानेपानी संकटका वेला जनताकै साथमा खड़ा भई दुवै तहका सरकारको अनुभुति हुने गरि काम अगाडी बढाउन सरोकारवाला मन्त्रालय र निकायलाई निर्देशन दिइएको छ।
भेटका क्रममा मधेश प्रदेशका उर्जा, सिंचाइ तथा खानेपानीमन्त्री शेषनारायण यादव, संघीय खानेपानी मन्त्रालयका सचिव प्रमिला देवी शाक्य बज्राचार्य, खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक रामकुमार श्रेष्ठसहित मन्त्रालयका विज्ञ र कर्मचारीहरुको उपस्थिती रहेको थियो।







डिसी नेपाल








Facebook Comment