राष्ट्रपति पौडेलसमक्ष नवनियुक्त मन्त्री न्यौपानेले लिइन् शपथ
काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नवनियुक्त संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले पद तथा गोपनियताको शपथ लिएकी छन्। राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित विशेष समारोहमा राष्ट्रपति पौडेलले उहाँलाई शपथ दिलाएका हुन्।
राष्ट्रपति पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रियसभा सदस्य न्यौपानेलाई मंगलबार संघीय मामिला मन्त्रीमा नियुक्त गरेका थिए।
समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओली, राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल, मन्त्रिगण, सुरक्षा निकायमा प्रमुख, संवैधानिक निकाय प्रमुख, मुख्यसचिव, राजनीतिक दलका नेता तथा कार्यकर्तालगायत सरिक थिए।
यसअघि उनी नेकपा (एमाले)का तर्फबाट राष्ट्रियसभामा सचेतकको भूमिकामा थिइन्।
No ads found for this position



डिसी नेपाल
Facebook Comment