एमाले सचिवालय बैठक बस्दै, बिधान मस्यौदामा प्रारम्भिक छलफल हुने

डिसी नेपाल
१ साउन २०८२ ६:४६
56
Shares

काठमाडौं। नेकपा एमालेको सचिवालय बैठक बस्दैछ। च्यासलस्थित, नेकपा एमालेको केन्द्रीय कार्यालयमा उक्त बैठक बस्नेछ। बैठक बिहीबार दिउँसो १ बजेका लागि बोलाइएको छ।

प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार भदौ २० देखि २२ गतेसम्म आयोजना गरिने विधान महाधिवेशनको प्रारम्भिक तयारीका विषयमा छलफल गर्नका लागि आज बैठक बस्न लागेको हो। सो बैठकमा विधान मस्यौदामाथि प्रारम्भिक छलफल हुनेछ।

प्रमुख नेतृत्वमा ७० वर्षे उमेर हद र कार्यकारी पदमा दुई कार्यकालको व्यवस्था राख्ने वा हटाउने भन्नेबारे पार्टीभित्र फरक फरक मत प्रकट भइरहेको बेला यो सचिवालय बैठक बस्न लागेको हो। बैठकमा विधान महाधिवेशनमा लगिने विधानको खाका प्रस्तुत हुनेछ।

बैठकमा उपप्रधानमन्त्री एवं पार्टी उपाध्यक्ष विष्णुप्रसाद पौडेलले विधान संशोधनको प्रस्तावका खाकाहरू प्रस्तुत गर्ने छन्।

त्यस्तै, अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गर्ने राजनीतिक प्रतिवेदन, महासचिव शंकर पोखरेलले प्रस्तुत गर्ने साङ्गठनिक प्रतिवेदनका विषयमा पनि छलफल हुनेछ।

सचिवालय बैठकले साउन २ गते बस्ने पार्टी पोलिटब्युरो र साउन ५ गते बस्ने केन्द्रीय कमिटीको कार्यसूची पनि तय गर्नेछ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *