काठमाडौंबाट लागूऔषधसहित एक जना पक्राउ

डिसी नेपाल
१ साउन २०८२ १७:५६
172
Shares

काठमाडौं । काठमाडौं महानगरपालिका-१६ बाट नियन्त्रित लागूऔषध ट्रामाडोल ३५ हजार ५ सय ९० ट्याब्लेट र अवैध लागूऔषध गाँजा १२ किलो ५ सय ग्राम सहित मोरङ बेलबारी नगरपालिका-३ घर भएका ३२ वर्षीय निकु राईलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ।

लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *