सवारी दुर्घटनामा चार जनाको मृत्यु
काठमाडौं । देशका छुट्टाछुट्टै स्थानमा सवारी दुर्घटनामा परी चार जनाको ज्यान गएको छ।
रूपन्देहीको सिद्धार्थनगर नगरपालिका-१२ शान्तिनगरस्थित सडकमा बि एए ३६०२ नम्बरको कारले लु.१२ प ५०४० नम्बरको मोटरसाइकललाई बिहीबार बेलुकी ठक्कर दिँदा मोटरसाइकल चालक ओमसतिया गाउँपालिका-३ लालपुर बस्ने ३५ वर्षीय गोबिन्द चौधरीको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको भीम अस्पताल भैरहवामा उपचारको क्रममा मृत्यु भएको हो। कार चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
यसैगरी रूपन्देहीको ओमसतिया गाउँपालिका-४ बालापुरस्थित सडकमा भैरहवाबाट धकधईतर्फ जाँदै गरेको लु.६३ प ४२२० नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ६४ वर्षीय बिसम्बर प्रसाद कान्डुको बिहीबार राति मृत्यु भएको छ। ठक्करबाट गम्भीर घाइते भएका उनको भीम अस्पताल भैरहवामा उपचारको क्रममा मृत्यु भएको हो। साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको सोही अस्पतालमा उपचार भइरहेको छ।
यसैगरी रूपन्देहीको सिद्धार्थनगर नगरपालिका-१२ आवारोडस्थित सडकमा देवकोटाचोकबाट बुद्धचोकतर्फ जाँदै गरेको लु.९५ प १४८४ नम्बरको मोटरसाइकल अनियन्त्रित भई बिहीबार साँझ दुर्घटना हुँदा चालक तिलोत्तमा नगरपालिका-६ मणिग्राम बस्ने २० वर्षीय करण कुँवर क्षेत्रीको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको भीम अस्पताल भैरहवामा उपचारको क्रममा मृत्यु भएको हो।
नवलपरासी पूर्वको हुप्सेकोट गाउँपालिका-३ भुपती चोकस्थित सडकमा गिरूवारीबाट बसन्तपुरतर्फ जाँदै गरेको ग.७ प २७२१ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही गाउँपालिका-३ बस्ने ३० वर्षीया शोभा सिग्देलको बिहीबार राति मृत्यु भएको छ। ठक्करबाट गम्भीर घाइते भएकी उनको चितवन मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो। साथै मोटरसाइकलको ठक्करबाट घाइते भएका अन्य १ जना पैदलयात्रीलाई उपचारको लागि काठमाडौं रिफर गरिएको छ। मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
सबै दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।







डिसी नेपाल








Facebook Comment