अवरुद्ध स्याफ्रुबेँसी-रसुवागढी सडक सञ्चालनमा

डिसी नेपाल
५ साउन २०८२ २२:०३
12
Shares

रसुवा। गत असार २४ गते ल्हेन्दे खोलामा आएको बाढीका कारण अवरुद्ध स्याफ्रुबेँसी–रसुवागढी खण्ड सडक आजदेखि सञ्चालनमा आएको छ। सो सडक सञ्चालनमा आएसँगै आजैदेखि काठमाडौं-टिमुरे बस गुड्न थालेको छ।

नमस्ते पासाङल्हामु बस समितिअन्तर्गत धुञ्चेका काउण्टर प्रमुख सन्तोष तितुङका अनुसार काठमाडौंबाट यात्रुवाहक बस टिमुरे पुगेको हो। बाढीपछि टिमुरेको जनजीवन क्रमिक रूपमा सहज बन्दै गएको गोसाइँकुण्ड गाउँपालिका-२ का वडाध्यक्ष कामी छिरिङ तामाङले बताए।

मितेरी पुल भत्किएर केरूङ जाने सम्भावना नरहेपछि टिमुरे तथा घट्टेखोला र रसुवागढी आसपासमा छेकिएका ट्रक तथा कन्टेनर फर्किन थालेका छन्। ट्राफिक प्रहरीका अनुसार १५ वटाभन्दा बढी सवारीसाधन रित्तै काठमाडौंतर्फ फर्किएका हुन्।

यसैगरी चीनबाट आयात गरी टिमुरेमा राखिएका दर्जनौं विद्युतीय कार धमाधम काठमाडौं लैजान थालिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.