हिलाे छ्यापाछाप गरेर पार्टी बलियाे हुँदैन : उपप्रधानमन्त्री सिंह
धनुषा। नेपाली कांग्रेसका नेता, उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले एकले अर्कालाई हिलाे छ्यापाछाप गरेर पार्टी बलियाे नहुने बताएका छन्।
नेपाली कांग्रेस धनुषा जिल्ला कार्यसमितिकाे कार्यालयमा आयाेजित संक्षिप्त भेटघाट कार्यक्रममा उनले पार्टीभित्र अस्वस्थ प्रतिस्पर्धाले कसैकाे हित नगर्ने बता। `एकले अर्काेलाई गाली गरेर पार्टी बलियाे हुँदैन। हिलाे छ्यापाछाप गर्नुभन्दा पार्टी भित्रका कमजाेरी र त्रुटी सच्याउनुपर्छ। अस्वस्थ प्रतिस्पर्धाले राम्राे गर्दैन,´ उनले भने।
नेपाली कांग्रेसका पूर्वमहामन्त्रीसमेत रहेका सिंहले पार्टीकाे संगठन सुदृढीकरणका लाग्नुपर्नेमा जाेड दिए। कांग्रेस कमजाेर भए प्राप्त उपलब्धि गुम्ने भन्दै उनले संघीय लाेकतान्त्रिक गणतन्त्र संस्थागत गर्न कांग्रेस बलियाे बनाउनुपर्ने बताए। त्यस्तै उपप्रधानमन्त्री सिंहले चुरे दाेहन नराेकेसम्म चुरे संरक्षण हुन नसक्ने बताए।
मधेसमा अहिले पानीकाे समस्या देखिनुमा चुरे दाेहन पनि कारण रहेकाे भन्दै उनले सरकारले मधेसमा देखिएकाे पानीकाे समस्यामा सरकार गम्भीर रहेकाे बताए। मन्त्रिपरिषद् बैठकले मधेसमा देखिएकाे पानीकाे समस्याका बारेमा केही निर्णय गर्ने जानकारी पनि उनले दिए।







डिसी नेपाल







Facebook Comment