सुनको मूल्य घट्दा चाँदी बढ्यो

डिसी नेपाल
९ साउन २०८२ ११:३१
236
Shares

काठमाडौं। शुक्रबार नेपाली बजारमा सुनको मूल्य घटेको छ। नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ५ सय रुपैयाँले घटेको हो।

बिहीबार १ लाख ९५ हजार २०० रुपैयाँमा खरिदबिक्री भएको सुन आज प्रतितोला १ लाख ९४ हजार ७०० रुपैयाँमा कारोवार भैइरहेको छ।

यसैगरी आज सुनको मूल्य घटे पनि चाँदीको भाउ भने बढेको छ। आज चाँदी प्रतितोला २ हजार ३४० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। बिहीबार एक तोला चाँदीको मूल्य २ हजार ३३५ रपैयाँ पुगेको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *