एनपीएल-२ को मिनी अक्सन साउन २४ गते हुने, ४५८ खेलाडी सूचीमा

डिसी नेपाल
१० साउन २०८२ १५:५३
236
Shares

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणका लागि खेलाडीहरूको अक्सन यही सायन २४ गते हुने भएको छ। नेपाल क्रिकेट संघ (क्यान)ले शनिबार एक विज्ञप्ति जारी गर्दै अक्सनको मितिबारे जानकारी दिएको हो।

क्यानका प्रवक्ता छुम्बी लामाले फ्रेन्चाइज टिमले रिलिज गरेका र अन्य खेलाडी गरी ४५८ जना खेलाडीले क्यानमा नाम दर्ता गराएको जानकारी दिए। क्यानले यही साउन ६ गतेसम्म खेलाडी दर्ताको समय दिएको थियो।

क्यानले अब ती ४५८ को नाम फ्रेन्चाइज टिमलाई दिने र मापदण्ड निर्धारण गरी त्यसमा पर्ने खेलाडी तथा फ्रेन्चाइज टिमले इच्छाएका खेलाडीलाई अक्सन सूचीमा राखिने जनाएको छ।

एनपीएलमा ८ वटा टिम छन्। ती आठवटा टिमले पहिलो सिजनमा खेलेका मार्की खेलाडी र अन्य केही खेलाडीलाई टिममा यथावत राखेका छन्। अब टिम पूरा गर्न अक्सनमार्फत खेलाडीलाई अनुबन्धन गर्नेछन्।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.