एक हजार एक सय रुपैयाँले घट्यो सुनको मूल्य
काठमाडौं। नेपाली बजारमा आज(आइतबार)सुनको मूल्य एक हजार एक सय रुपैयाँले घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज छापावाल सुनको मूल्य तोलामा एक हजार एक सय रुपैयाँले घटेर एक लाख ९३ हजार ६ सयमा कारोबार भइरहेको छ।
यसअघि गत हप्ताको शुक्रबार सुन तोलाको एक लाख ९४ हजार सात सय रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ। तोलामा ५० रुपैयाँले घटेर चाँदी दुई हजार दुई सय ९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment