माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै
काठमाडौं। आज नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक बस्ने भएको छ। दिउँसो ४ बजे पार्टी कार्यालय पेरिसडाँडामा बैठक बस्न लागेको हो।
बैठकमा आगामी शनिबारदेखि सुरू हुने स्थायी कमिटी बैठकको एजेण्डाबारे छलफल गरिने अध्यक्ष प्रचण्डको सचिवालयले जनाएको छ।
स्थायी कमिटीको बैठकको तयारीका लागि आज पदाधिकारी बैठक लागेको हो।
माओवादी केन्द्रले गत फागुनमा अभियानअन्तर्गत मध्यपहाडी लोकमाग अभियान चलाएको थियो। उक्त अभियानलाई निरन्तरता दिने वा महाधिवेशनमा जाने भन्ने निर्णय गर्न माओवादीले स्थायी कमिटी बैठक बस्दैछ।
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment