प्रधानमन्त्रीकै छेउमा निदाए तीन मन्त्री

डिसी नेपाल
१४ साउन २०८२ १४:५७
344
Shares

काठमाडौं । राष्ट्रियसभा बैठक चलिरहँदा तीन मन्त्री निदाएका छन्।

नेपालको अतिकम विकसित राष्ट्रबाट विकासशील राष्ट्रमा स्तरोन्नतिसम्बन्धी अध्ययन प्रतिवेदन २०८१ माथि छलफल चलिरहँदा मन्त्रीहरू प्रधानमन्त्री केपी शर्मा ओलीकै छेउमा निदाएका हुन्।

बैठकमा उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल, युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरी र रक्षामन्त्री मानवीर राई निदाएको अवस्थामा देखिएका छन्।

यसअघि प्रतिनिधिसभाको बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङ पनि निदाएका थिए। प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाउँदा पनि उनी उठेका थिएनन्। आज राष्ट्रिय सभामा पनि त्यस्तै दृष्य देखिएको हो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *