कार्यवाहक अध्यक्ष तोक्ने अध्यक्ष रञ्जिताको कदम पार्टी विधान विपरितः रेशम चौधरी
काठमाडौं। नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीले कार्यवाहक अध्यक्ष तोक्ने अध्यक्ष रञ्जिता चौधरीको कदम पार्टी विधान विपरित रहेको बताएका छन्।
बुधबार काठमाडौंमा पार्टीको राष्ट्रिय भेलामा सहभागी हुन पुगेका चौधरीले पार्टी अध्यक्षले विधान विपरीत कार्यवाहक तोकेकाले आफूलाई पनि मन नपरेको बताए।
अध्यक्षले पार्टीको केन्द्रीय समिति बोलाएर प्रष्टिकरण दिनुपर्नेमा कार्यवाहक अध्यक्ष तोक्नुले धेरै कार्यकर्ताको चित्त दुखेको उनले बताए। चौधरीले कार्यवाहक अध्यक्ष तोक्दा पनि केन्द्रीय समिति बोलाएर निर्णय गराउनुपर्नेमा त्यसो नगरेको जिकिर गरे।
उनले कसका कारण पार्टीभित्र समस्या देखिएको हो भन्ने सबैलाई छर्लङ्ग नै रहेको बताए।
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment