लामाको उपस्थितिमा बानियाँले गरे पदभार ग्रहण

डिसी नेपाल
१४ साउन २०८२ १८:०७
620
Shares

हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको नेतामा निर्वाचित भएसँगै इन्द्र बहादुर बानियाँले कांग्रेस संसदीय दलको कार्यालयमा पुगेर पदभार ग्रहण गरेका छन्।

नवनिर्वाचित दलका नेता बानियाँलाई निवर्तमान दलका नेता बहादुरसिंह लामाले खादा,माला लगाएर पद हस्तान्तरण गर्दै पदभार ग्रहण गराएका थिए।

२०७९ पुस १३ गते बानियाँलाई पराजित गर्दै लामा संसदीय दलको नेता चयन भइ प्रदेशको मुख्यमन्त्री बनेका थिए। आज सम्पन्न दलको निर्वाचनमा इन्द्र बहादुर बानियाँले लामालाई दलको नेतामा पराजित गर्दै नेतामा निर्वाचित भएका हुन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.