पर्वतीय पर्यटनका पथप्रदर्शकलाई तालिम

डिसी नेपाल
१८ साउन २०८२ १६:२७
24
Shares

गण्डकी । नेपाल पर्वतारोहण संघ, गण्डकी प्रदेश र नेपाल पर्यटन बोर्ड, गण्डकी प्रदेशको संयुक्त आयोजनामा पर्वतीय पर्यटनका पथप्रदर्शकका लागि आजदेखि पोखरामा छ दिवसीय तालिम सुरु गरिएको छ।

गण्डकी अल्पाइन क्लब र काठमाडौं इन्भाइरोलमेन्टल एजुकेशन प्रोजेक्ट (किप)को प्राविधिक सहयोगमा ‘जङ्गलमा प्राथमिक उपचार, नक्सा पठन, पहाडी पैदल यात्रा’ विषयक छ दिवसीय तालिम सुरु गरिएको हो।

नेपाल पर्वतारोहण संघ गण्डकी प्रदेशका अध्यक्ष विकास गुरुङले तालिममा ३० जना पर्वतीय पर्यटनका पथप्रदर्शक सहभागी रहेका जनाउँदै उनीहरूलाई सैद्धान्तिकसँगै विज्ञबाट अधिकतम प्रयोगात्मक सीप प्रदान गरिने बताए।

पर्वतीय पर्यटनलाई व्यवस्थित, प्रभावकारी र समयसापेक्ष बनाउने उद्देश्यका साथ तालिम आयोजना गरिएको नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका प्रमुख मणिराज लामिछानेले बताए। संघ गण्डकी प्रदेशका पूर्वअध्यक्ष शेषकान्त शर्माले पोखरामा रहेका तीन हजार पर्वतीय पर्यटनका प्रथप्रदर्शकमध्येबाट ३० जना छनोट गरी यस किसिमको तालिम दिन लागिएको जानकारी दिए।

संघको गण्डकी प्रदेशका सचिव मनशान्त घिमिरेले पर्वतीय पर्यटनमा जाने पथप्रदर्शकले प्राथमिक उपचार, नक्सा पठनलगायत अत्यावश्यक विषयमा प्रभावकारी ज्ञान हासिल गरेमा उनीहरूले आफू र सँगै जाने पर्यटकलाई सम्भाव्य जोखिमबाट बचाउन सक्ने धारणा राखे। उनका अनुसार तालिमअन्तर्गत सहभागीलाई स्थलगत रूपमा लगेर प्रयोगात्मक अभ्यास गराउने कार्यसूची रहेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *