फरार कैदी भरुवा बन्दुकसहित पक्राउ
चितवन कारागार कार्यालय चितवनबाट फरार रहेका एक कैदी भरुवा बन्दुकसहित पक्राउ परेका छन्।
गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा कारागारबाट भागेका राप्ती नगरपालिका–११ थाकलटारका ४५ वर्षीय आइतसिंह लामालाई भरुवा बन्दुकसहित पक्राउ गरिएको हो। उनी भदौ २५ गते अन्य कैदी बन्दीसहित भागेका थिए।
जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक चन्द्रभूषण यादवका अनुसार लामालाई आज घरबाटै पक्राउ गरिएको हो। एकसिङ्गे गैँडा मारी वन्यजन्तुसम्बन्धी कसुर गरेको मुद्दामा १५ वर्ष कैद र रु १० लाख जरिवाना तोकिएका लामा जेनजी प्रदर्शनका क्रममा कारागारबाट भागी फरार रहेका थिए। उनीमाथि आवश्यक अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment