‘कल बाइसपास’मा संलग्न चार जना पक्राउ

डिसी नेपाल
१७ साउन २०८३ १९:१५

काठमाडौं। अवैधरूपमा अन्तरराष्ट्रिय कल बाइपास (भिओआइपी) मा संलग्न चार जना पक्राउ परेका छन्। केन्द्रीय अनुसन्धान व्यूरोको टोलीले काठमाडौँ र भक्तपुरबाट भिओआइपी उपकरणसहित उनीहरुलाई पक्राउ गरेको हो।

गोरखाको अजिरकोटका प्रोशेस गुरुङ, काठमाडौंको शङ्खरापुरका मुना श्रेष्ठ, कञ्चनपुरको कृष्णपुरका जेनित झुकाल तथा भक्तपुरको सूर्यविनायकका कृष्ण नगरकोटीलाई काठमाडौं र भक्तपुरबाट पक्राउ गरिएको व्यूरोका प्रवक्ता अनुपमशम्शेर जबराले जानकारी दिए।

प्रहरीले उनीहरुको साथबाट ल्यापटप, विभिन्न कम्पनीका सिमकार्ड, मोबाइल, ब्याट्री, इन्टरनेट हव, राउटरलगायत सामग्री बरामद गरेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *