एन्जेल राई नेफिनको सद्भावनादूतमा नियुक्त

डिसी नेपाल
१८ साउन २०८२ १९:२८
28
Shares

काठमाडौं । नेपाल आदिवासी जनजाति महासङ्घ (नेफिन) का अध्यक्ष गेल्जेलामा शेर्पाले मिस मङ्गोल२०२४ की विजेता एन्जेल राईलाई नेफिनको सद्भावनादूतमा नियुक्त गरेका छन्।

काठमाडौमा आज आयोजित एक कार्यक्रमबीच महासंघका प्रतिनिधिहरूको उपस्थितिमा राईलाई सम्मानसहित सद्भावनादूतको घोषणा गरिएको हो।

सद्भावनादूतका रूपमा राईले अब विभिन्न कार्यक्रम, अभियान र अन्तरक्रियामार्फत आदिवासी जनजातिको मुद्दा उजागर गर्ने तथा राष्ट्रिय र अन्तरराष्ट्रियस्तरमा जनचेतना फैलाउन मद्दत पुर्‍याउने महासंघका महासचिव दिवस राईले विश्वास व्यक्त गरे

नेफिनले आदिवासी जनजातिको पहिचान, अधिकार र संस्कृतिको प्रवद्र्धनका लागि समाजमा सकारात्मक सन्देश दिन सक्ने युवा प्रतिनिधिका रूपमा राईको भूमिकालाई महत्वका साथ हेरेको जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *