माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज सकिँदै

डिसी नेपाल
१९ साउन २०८२ ११:३१
28
Shares

काठमाडौं। नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज समापन हुँदैछ।

पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा शुक्रबार देखि जारी बैठकमा कमिटीका सदस्यहरुले राखेका प्रश्नको अध्यक्ष प्रचण्डले जवाफ दिदै बैठक समापन हुने नेकपा माओवादी केन्द्र सचिवालयले जनाएको छ।

अध्यक्ष प्रचण्डले जवाफ दिनुअघि वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र महासचिव देवप्रसाद गुरुङले आ-आफ्नो धारणा राख्नेछन्।

बैठकमा प्रचण्डको दस्ताबेजमा उपमहासचिव जनार्दन शर्मा, सचिव राम कार्कीलगायत केही नेताले प्रश्न उठाए पनि अधिकांशले समर्थन जनाएका छन्। आजको बैठक अहिले बिहान ११ बजेदेखि बस्दैछ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *