फेरि बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार?
काठमाडौं। नेपाली बजारमा सुनको मूल्य मंगलबार तोलामा १९ सय रुपैयाँले बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको मूल्य तोलाको एक लाख ९८ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो कारोबार दिन आइतबार सुन एक लाख ९६ हजार ६ सय रुपौयाँमा कारोबार भएको थियो।
यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी २ हजार २८० रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो कारोबार दिन आइतबार चाँदी २ हजार २५५ रुपैयाँमा कारोबार भएको थियो।
आज दश ग्राम सुनको मूल्य एक लाख ७० हजार १८० रुपैयाँ र १० ग्राम चाँदीको मूल्य १ हजार ९ सय ५५ रुपैयाँ रहेको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment